Sunday, August 24, 2014

कथा

                   यमराज को खल्ति

ज्वरो बढ्यो | शरीर गल्यो | जिजीविषा लमतन्न भएको छ, म संगै | चाहना जीउका तिहु छन् जहाको तहि | लक्ष झन् पर पर सर्दै छ | सकस ले सास फेर्नु सिबाय म जीवित भएका प्रमाण केहि पनि छैनन| अलि अलि धड्किएको मुटु र शहि गलत खुट्याउन सक्ने दिमाग बाहेक अरुले बिल्कुल काम गरेका छैनन| लाग्छ म मर्दैछु  तर बाच्ने अभिलाषा रितिएको छैन | लाग्दैन, हिजो जस्तै सग्लै हिड्ने छु | साथि संग झोक्किएरै बोल्ने छु | ऊ संग उसरी नै जिस्किने छु|
                                       
आयु कसलाई पो थाह हुन्छ र ? म मरे भने सबैले भन्ने छन – ‘बिचरा अल्पायु मै मर्यो ‘| तर मैले पनि भोगेको सिंगो जिबन हो | हिडे को सिंगो यात्रा नै हो | बाटो कुनै लामो र कुनै छोटो त भैहाल्छ्नी | त्यसैले म अल्पायु मा चै मर्दिन| काल आयो भने सबै जाने एकै ठाउ त हो | यस्तै सोचेर चित बुझाउछु| गर्नु पर्ने धेरै काम हरु छन्| भोग्नु पर्ने धेरै सपना हरु छन्| फेरी म संग भएका सपना मेरा मात्रै पनि त हैनन| बुबा आमाका बुढेसकालका सपना पनि  त छन् म संगै | ति सपना हरु मसंग मर्न मान्दैनन |नत्र, आफ्ना त कुन गतिला सपना थिएर ?
हिजो बेलुकीसम्म ज्यूकोत्यीउ थिए |आज बिहानबाट पेटमा बुल्डोजेर कुद्दैछ | घरि वारी आएर घ्यार्र पार्छ र रोक्छ ,घरि अर्को तिर सर्छ | अब भएन भनेर औला कोचेर, बेलुका को अन्न अप्राकृतिक रुपमा toilet pan मा पर्ने गरि थुपरिदिए | अहो ! आन्द्रा भुँडी सबै निस्किएझै लाग्यो | लाग्यो म यहाँ बाट बाहिर निस्कन सक्ने छैन | भनन रिंगटा लाग्यो | थपक्क बसुझैँ लाग्यो | क्वा क्वा रोउ झैँ लाग्यो | लाग्यो आमा पुकारु , तर बल्ल तल्ल सम्हाले आफु लाइ | खाना खान मन नै छैन | खालि उल्टी होला होला मात्रै हुन्छ| अरु कै शरीर लाघार्दै लाघार्दै हिडे झैँ भाछ | जिबन मा बुझ्न बाकि धेरै कुरा हरु छन् | छन् धेरै आकंग्क्षा हरु | कतिपय कुरा आफ्नो मृत्यु अगाडी थाह हुन्न रैछ| मृत्यु पछी पनि कसरि थाह होला र?
जस्तो कि मेरो महत्व कसलाई कति छ? म कहिले मर्ने छु ? म मर्दा कसलाई कति पिडा र आनन्द मिल्छ ? यस्ता प्रस्न हरु को उतर जिउदो मा बिल्कुल पाइदैन | मरे पछी थाह हुन्छ कि हुन्न के था ? हामि कोहि सँग पनि मर्दा को अनुभुति छैन | नत्र आत्मा कथामा सब भन्दा घत लाग्दो पक्षनै यहि लाग्दो हो |फलानी फलानो ले यसो गरे , ढिस्कानि ढिस्कानो ले उसो गरे , इत्यादि |
आखिर समय आएसी कोहि रोकिन्न | बाचुन्जेल जे भोगे पनि, मृतु पछी यो लोक मा कोहि अटिन्न | रुने लाइ रुवाएर हास्ने लाइ हसाएर मृत्यु उत्सब मनाउनु सबै को नियति हो |यो नियति बाट म मात्रै बाच्न सक्ने भला म को हुँ र ? यसो मन मा कुरा खेलाउदै ढल्किएको छु | ढल्किएको नि के भनु शरिर हलचल गर्दैन , आधाउधी मरेको छु |सोच्छु म अस्थाई मात्रै मर्न पाय नि हुने नि |मृत्यु पछी पनि मेरो दिमाग को मेमोरी बिभाग मा हरेक कुराको हेक्का हुनु | कसलाई कति सोक पर्थ्यो, कसले के भन्थ्यो, एकाएक टिपोट गर्नुनी दिमाग ले | त्यसपछि म मृत्यु पछिको कल्पना गर्न थाल्छु | भर्खरै आखाको नानि लोप भयो|स्वास गाठो परेर घाटी मै अड्किएको छ |स्वर डल्लो परेर स्वर नलीमै बेरिएको छ |कसो कसो मेरो सोक को खबर फैलिदै छ | तर साथि हरु लाइ पत्यार लाग्दैन | लागोस पनि कसरि हिजो सम्म त मा तन्दुरुस्त नै थिए |
" ओए बाउन , पर्से मर्यो रे | चाडो  काट्टो खाना आउ|"
" साची हो र ? हिजो इबोला लाग्या छ भन्थ्यो| मरो होला | काट्टो खाना कहा आउने ? त्यहि आर्यघाटमा|त्यो छेत्रि भय पो काट्टो खानु, त्यो त मंगोल हो | मंगोल को काट्टो त छेत्री ले खाए नि हुन्न र ? तिमिनै खाउ न |"
मुर्दार हरु मरी सक्दा पनि पत्यौदैनन | हुन त बाच्दा पनि के चै पत्याका थिए र ?
त्यसपछि घरमा खबर पुग्छ |आमा मुर्छा परिन | मेरो फोटो हल्का न्यास्रो लाग्दा त रोइहालने भाइ कान्छो, उसको होसहवास छैन |माइलो भाइ घुक्क घुक्क गर्दै सम्झाउने पर्येत्न मा छ | बुबा हात मा टोपी लिएर खुइए खुइए गर्दै थिय|बिचरा सर्ट को कठाला भरि मैलो थियो |पछाडी रातो टालो टालेको पाइन्ट भन्दै थिय " यस्तै लेखेको रैछ"| मन अमिलो हुन्छ| लाग्छ फर्किहालु पुरानो शरीर मा | धेरै के रूहाउनु | आखिर  म स्थाई मरेको पनि त हैन |
हजुरआमा अगेनु निर दात झिकेर सफा गर्दै थिइन|सोक खबर बुढीका कान सम्म पुग्यो | दुवै कान बन्द गरेर भन्न थालिन " मैले के भोग्नु पर्यो इश्वर यस्तो |म बुढी लाइ लानु को सट्टा किन लागिस मेरो मुटु को टुक्रो |" मलाई पनि कम भक्कानु छुटेको हैन | हजुर आमाको आशु पुछौ लाग्यो |भनु लाग्यो आमा मा धेरै बेर लाइ मरेको हैन | तर स्वास पुगेन | बोलि आएन |टुलु टुलु हेरें र विवसता, सोचे व्यर्थै मरेछु |तर मृत्यु मेरो रहर हुदै हैन | काका काकी को अनुहार मलिन भए पनि भित्रि कुरामा ध्यान दीन| मामली तिर हजुरबा लाइ जति सोक अरु लाइ रैनछ|हजुर आमा पहिले नै परमधाम भएर गए पछी हजुरबुबा को आखा मा पहिलो पल्ट आसु देखे |सेतो चादन को ठाडो टिका , आखा मा ठुलो गान्धी चस्मा |गाढा खैरो रंगको दौरा सुरुवाल |दौरा माथि मैलो , गोजी उद्रिएको स्त्रकोट| दौराको बाहुली भरि मएलको छाप , हजुरबाको हुलिया थियो | धिक्कारे , सोचे  हजुरबा बिरामी हुदा उपचार गर्नु पर्छ रोग पालेर हुन्न भन्ने मान्छे म, अस्पताल नै नगई चिप्लिए |छि: देखाउन नि लाज लाग्यो अनुहार |साच्ची  आफन्त हरु को मोह देखदा , अब धेरै मर्न मन नै थियन | तर कसका चाही आफन्त होलान र चाडो मरोस भन्ने |कसैले चाडो मरोस भन्छ भने त्यो आफन्त र सत्रु मा के फरक छ ? अनि सबैले माया गर्छन भन्दै मा मार्दै नमर्ने भन्ने पनि त हुन्ननि |
अहो! मैले त मृत्युलाइ कति हल्का रुपमा पो लिन पुगेछु |डर लाग्छ कतै अस्थाई भनेर स्थाई रुपमै मरेको रैछु भने | सपना हरु खडेरी मा सुकेको बालि झैँ खङरंग  भए |बिहे गर्ने , एक दुइ सन्तान को पिता बन्ने , सपना जहाको तही रह्यो |साथिभाइ संगको पानी जहाज यात्रा सम्झीए|घुम्फीर को क्रममा क्यालीफोर्निया मा सरोज को भंगेरे डान्स सम्झीए | सम्झीए भेनेजुवेला मा काजि नाच्दैछ , म गाउदैछु 'सोल्टी मोडैमा'गित | अब नाच्ने पालो युवेको आयो , उ भन्दै छ म कोपन्हेगन मा मात्र नाच्ने हो |हो, लामो क्रुज यात्रा जाने हाम्रो सोंख, त्यो सोंखमै सिमित हुन्छ| एक चोटी मन पोल्यो , आखा भए पिर्लिक्क  आशु पनि खस्दो हो |तर आखा कोशौ टाडा छुटिसकेका छन् | ति दृश्यहिन भैसकेका छन|
घर बाट निस्किएर हुर्रिदै थिए |मूल बाटो बाटै देखे काकी फोन गार्दै छिन ,मेरी भुतपुर्ब मायालु उसकी बहिनीलाई |हैन मान्छे लाइ दुखको खबर सुनाउन कति धेरै हतारो हुन्छ |नत्र मा एम एस्सी पास गरेको खबर सम्म पाएकी थिन होला , त्यसले | सिधै मरेको खबर पाउदा कस्ती भई होला त्यो | मलाई त सुनाउने मन नै थिएन | तर सोचें कम खुसि  भईन होला त्यो | सोची होला माया को नाममा गरेका कर्तुत हरु ,अब कसै बाट खुल्ने छैनन् जिबन भर| त्यो  भन्दा आनन्द अब उसलाई के हदो हो र? तर फोन मा भने मलिन स्वोर मा जबाफ दिदै थि ,ला! हो र ?के भएर ? लाग्यो फोन खोसेर भनु " त लाइ के मतलब | तेरो लागि त पहिले नै मरिसकेको थिए नि | "काकी म तर्फ फर्कने लग्या थिन ,म मरेको मान्छे के मुख देखाउनु भनेर टाप कसिहालें|तर कसले पो देख्थ्यो र ? हिड्ने ज्यान हो र ? मरे पछी हिड्ने त चेत मात्र हो |त्यहि फुत्किएको एकमुठी सास मात्र त हो |साहिला अंकल को घरमा पनि पसुम कि भाथ्यो तर बुडा अलिक रिसाएका छन् , भो जान्न | निर्णय गरे र फेरी काठमाडौँ नै फर्किएँ |
फर्कदा बुबा संगै नाइट मा आउमकी लाग्या थ्यो ,तर म यात्रा भरि संगै हिड्न सक्दिन अब| किनकी अस्थाई नै भए पनि मरिसकेको छु |म त जहा सोच्यो त्यहा पुग्ने मन मात्रै बाकि छु |शरीर हैन |
काठमाडौँ  आइ पुगें |एउटी रुन रुन लागेकी छे | अलि अलि माया त गर्दिरैछे लाग्यो |अलिकति त्रास पनि पस्यो होला मनमा |कुन रोगले मरेछ , कतै मलाइ पो सर्यो कि , प्रस्न गर्दी हो | चित बुझेनर बाथरुम छिरी | पखाली मेरा स्पर्स का सम्भावित ठाउ हरु |उसको तरिका देख्दा हास्न मन लाग्य थ्यो, तर सम्हाले |धत् ! आफ्नो मृत्यु मा पनि हास्छ कोहि ?जादा जादै उसलाई सम्झाउ लाथ्यो , एउटा कसिलो अंगालोमा चुमौ लाथ्यो , लाथ्यो कसम खुवाउ | तर के कसम ? केलाई चिन्ता ?अब केहि पनि गर्नु छैन |
बरु मरे पछी यमराजले लान्छन भन्ने दन्ते कथा मात्रै रैछ झैँ लायो |नत्र सग्लो हुदा १५ दिन लाग्ने यात्रा चाहरी सक्दा पनि खोई यमराज |बरु  पुकुली को मा पो जानु पर्यो सोचें | सोचें कस्ती भइ होला |हल्का थाइकट कपाल , रातो माथि को कपडा तल को के थियो हेरिन |सिर्फ डिम्पल पर्ने अनुहार देखि छाती सम्म हेरे| सुन्दरता मा कति पनि कमि छैन |छैन बिधुवा जस्ती | तब पो लाग्यो , बिहे गरेको भए मेरी श्रीमती को हाल यस्तै हुन्थ्यो र ? तर यसलाई त के को मतलव, म यसको को हुँ र ?
अनि पो पछाडी बाट पकड्यो भुष तिघ्रे ले |अनुहार हेर्दा लाखे झैँ लाग्थ्यो , लामा लामा दार्हा निस्किएको ,डर लाग्यो |ह्या , भनेर हात फड्कारु भनेको हात भए पो |उसले एउटा फोहोरी रुमाल मा पोको पार्यो मेरो चेत लाइ , मेरो स्वास लाइ ,याने कि मलाइ |उ सँग खल्तिहरु मात्रै थिए |अनुमान गरे सर्ट मा कम्तिमा ४ ओटा, पाइन्ट मा अगाडी २ ओटा र पछाडी २ ओटा गरि कम्तिमा ४ ओटा |मलाई पाइन्टको दाहिने पट्टि , अगाडी पट्टि को खल्तीमा हाल्यो |उफ, के बिधि गनाएको यसको जाँघ| यमराज कहिले नुहौदैन रैछ| सोचें यो गर्मि सिजन मा त सत्रु पनि नमरोस |साएद नर्क भनेको यहि होला | जिबन भरिको कर्तुतको फल पाए झैँ भयो |लाग्यो सर्ट को गोजीमा धर्मि हरु  पर्छन , पाइन्टको मा अधर्मी |म अधर्मी गनीए| गल्ति के थियो सोच्न मन भएन |यमराज आफ्नो ताल मा हिड्यो लमक लमक | गन्ध ले भोमिट होलाझैँ  भा थ्यो |उसले ठाउ ठाउ मा छुस्स पार्थ्यो ,मैले थाह पाए उसले भर्खरै बफ म; म खाय को थियो|------------
उता मलाई जलाउने तयारि हुदै होला |अस्थाइनै  मरे को भए पनि चाडो चाडो जलाए भने त कसरि बांचिंछ र ? छटपटी भैरहेको थियो | संयोग बस यमराजको गोजीमा प्वाल रैछ| हत पत हामफालें ,खस्दै गर्दा रुमाल बाट स्वास खुस्कियो |धन्न आ मुख बायरै मरेको रैछु , नत्र कहाँ बाट पस्नु स्वास| फेरी पसे पुरानै सरिर मा , जर्याक जुरुक्क उठेंर यसो हेरेको, आसपासमा कोहि थिएन |


Wednesday, August 13, 2014

हार

मेरो साथि सरोज पोखरेल को मन पर्ने कथा , धेरै राम्रो कथा लेखेर पनि उ आफु भने किन आतिन्छ पोस्ट गर्न त्यो मैले कहिलै बुझ्न सकेको छैन! उसले मलाई नै कथा को सिर्षक राख्न अनुमति दियो र राखिदिए मैले पनि शिर्षक हार !

                          हार

'अब जे भयो भै हाल्यो , बच्चा चै म तीम्रै जन्माउछु ' - आँखा भरि आँशु बनाउदै उसले भनि ! मैले उसका गाला थुमथुम्याए! ऊ झनै भक्कानिदै रुन लागि ! मैले केहि बोल्नै पर्ने भयो ! मैले हुन्छ को संकेत गरे पछी उसले केहि सम्हालिदै मेरो कुममा मुन्टो अडयाई राखी !घाँटीमा मंगल सुत्र थियन तर सिउदो को रंग ले ऊ अर्कै देखिन्थि ! मन थमिनासक्न्ने गरि दुख्यो  तर पनि परिस्थिति लाइ सम्हाल्नै पर्ने भयो !
   
हाम्रो प्रेम को रंग बदलिएको थियो ! ऊ केहि अघि सम्म मेरै थिई , तर एकाएक समय ले कोल्टे फेर्यो किनकि उसले आँट गर्न सकिन !म केहि समय को लागी अलि टाढा हुनु र त्यहि छोटो समय मा उसको भिहेको कुरा चल्नु अनि म फर्कन भ्याँउदा- नभ्याउदै उसको बिहे हुनु निकै नाटकीय भयो ! ऊ घर परिवार को सामु बाध्य भई र बिहे गरि !

प्रेम पोख्ने अरु कुनै तरिका नजानेर हो वा ऊ त्यसैलाई प्रेम सम्झंथी - एकै ढिपी मा अडिग थिई -' मा तिम्रो बच्चा जन्माउछु!' आँखा भुइमा गाडिएका थिय र मन भारि बनाउदै उसले भन्दै गइ -' म तिम्रो प्रेम को चिनो सधै भरिको लागि संचय गर्न चाहन्छु !' उसको ढिपी को  अगाडी मैले सधै हार्थे , त्यस दिन पनि हार्ने लगभग पक्का भयो ! म 'परस्त्री ' संग संसर्ग गर्न तयार भए !
 फल स्वरुप आठ वर्ष पछी मलाई एउटा इमेल आयो -
" तिमीले दिएको प्रेम को चिनो तिमीलाई सुम्पने जमर्को गरेकी छु! तिम्रा अरु दुइ सन्तान जतिकै माया गरि राख्नु ......! पर्शी जिल्ला अदालत आउनु त्याही भेटौला....... | "

म बिरुद्द मुद्दा दायर भएछ|  बच्चा  मेरो आफ्नो हो भनि स्वीकार गरि मैले अंश दिनु पर्ने भयो | पर्शी पल्ट ऊ छोरा सहित आई , भाबबिहिन अनुहार बोकेर! मेरो कुनै जिज्ञासा को उतार दीइन! मुद्दा को सिलसिला चल्दै गर्दा डी एन ए को नमुना परिक्षण गर्ने निष्कर्ष मा अदालत पुगेपछि मैले मुद्दा हार्ने प्राए निश्चित भयो !मेरो सम्पति को ठुलो हिस्सा उसले लाने भई ! मैले सधै उसको अगाडि हार्थे , फेरी पनि एकपटक हारें !

Tuesday, August 5, 2014

ओइ डल्ली

तिमि ले चुट्टाइदिएको खुशी
तिमि ले खोसिदिएको सपना
तिमिले हराइदिए को परिभाषा
सप एक साथ लाई भुलेर
ओइ डल्ली आउ नाचौ मारुनी
साला मिर्गतृस्ना त हो जिबन
तिमि एकै छिन आखा चिम्लिन्छौ
म एकै छिन स्वास रोख्छु
तर तिमिले आखा खोल्दा
आखा चिम्लिदा को संसार गुम्छ
मैले साश फेर्न थाल्दा
साश नफेर्दाको हावा ले अरु लाइ चुमी सक्छ!
तेसैले हामी समय संङगै बगौन
घडी जस्तै एकिकृत बनौन
जसरी घडिका सुइ बाह्र बजे भेट्ने
बाचाका साथ छुट्छन र भेट्छन
हामी तेसरी नै बाचा बाधुम न
ओइ डल्ली तिम्रा भित्री अभिलाषा लाइ
पोल्टो भरी राखेर आउ रमाउन हामी
सरम को पर्दा ओडेर एक्छिन
खेलम्न मायाको लुकामारी
ओई नक्कली
तिम्रा सपना का परेली हरु चुम्दै
तिम्रा निरुतरका ओठ हरु को स्पर्श लिदै
यो प्रण हो मेरो
मलाइ हिजोको नसम्झ
म आजको भैसके
म परिवर्तन भैसके
अब म तिम्रा धोका हरु लाई छोड्दै
नया साल जस्तै नया जोसका साथ
खोज्ने छु अर्कै रङ्ग जिन्दगिको
टाल्नेछु अर्कै भित्ता जिन्दगिको

Sunday, August 3, 2014

आच्या!मलाइ पनि बैस आयो साइली

र झुन्डिएर बैसमा तिम्रो 
बजाउछु नगरा म!
सजिएर सपना भरी
मेटिदै गरेका मायाका पल्लबि हरु
लहरिदै गरेका बैजनी चहना हरु
भिज्दै गरेका यौवनका मधुमास सगै 
म पोखिन्छु र भरिन्छु
भरिन्छु र पोकिन्छु!
क्रम यस्तै हुन्छ र पो सोच्छु!
आच्या मलाइ नि बैस आयो साइली!

त्यो पारी को बुढो बर
फिजाउदै पो छ हागाँ हरु
मैले तिमि तिरै बढाएको बाहु पास झै
पिपलु लजाउदै पो छे!
पात हरु मिलाउदै मिलाउदै!
तिमि पनि त!
केस मिलाउदै मिलाउदै
र तिम्रै ललाट मा रँग भर्छु
बजाउदै आखिभौ को
इसारा राग
तिमि धारे हात लगाउदै मुस्काउछौ
म मुर्छा पर्छु र बौरिन्छु
बौरिन्छु फेरी मुर्छा पर्न लाइ बौरिन्छु!
र पो सोच्छु
आच्या मलाइ पनि बैस आयो साइली

अनि माया बाड्दै गरेका जोडि परेबा
कुर्लदै गरेका हलेसाका जोडि हरु
हेर्छु र सर्माउछु पो
कल्पिन्छु र प्रतिस्थापन पो गर्छु
म बोटुली हिड्छु अनाज का दाना हरु
निल्नु त मनै पो छैन
कति बेला तिम्रो ओठ भरी
भरिदिउ भरिदिउ पो लाग्छ
आम्मा हौ !
यो के गरेको तिम्ले!
झम्टिन छौ र पो
रिश भरी माया पोतेर
र म पनि डराए झै गर्छु
मरिजाउ फेरिय पो मन!
हर्कत दोरिन्छ र सधै सोच्छु
आच्या!मलाइ पनि बैस आयो साइली

माथी चौतारिमा बहकिने हावा सँगै
बतिजान्छ र मन मेरो
देरालिमा पाती बनेको फुलथुङा झै
सुलि चढिजाने रहर बोकेर
डल्ली!ओठ टोकेर हासेको देख्छु
तिमि त जिम्मल बाको छोरी पो
के भा छ हौ आजकाल तिमलाइ
गाला भरी गुरास पोतेर
गाउदै पो हिड्छौ त सालै ज्यु,
हैन के भा छ हौ तिम्लाइ अचेल
भरिए कि पो छौ त
पोखियला झै
त्यो टिलपिल सौन्द्र्य मा
म त खोज्दै पो छु अस्तित्व
मेट्दै पो छु
निर्दोष रात हरुलाइ
मन भरी तिमि लाइ राखेर
लेख्दै पो छु
कबिता यो
अनि पो सोच्छु
आच्या! मलाइ पनि बैस आयो साइलि

Thursday, July 24, 2014

कटेज मा जिबन

त्यहि खर को छानो
शहरलाइ कटेज लाग्छ
गाउ लाइ झुपडी
हामी खान्छौ भुटेका मकै
शहर चपाउछ पप कन
त्यसैले हामी कम छैनौ साइला
पपकन खाएरै कटाएका छौ कटेज मा जिबन

उनिहरु मिनिरल वाटर खान्छन एक बोतल
हामी ढुङ्गे धाराको पानी पिउछौ एक लोटा
उनि हरु ह्वीस्की पिउछन
गन्ध उहि हाम्रो तिन पाने न हो
हामी कुखुरा, खसी र सुङ्गुर खान्छम
उनि हरु चिकेन , मटन र पोर्क खान्छन
हामी ले खाने भुटी भात
उनि हरुलाइ फ्राइ राइस हुन्छ!
फरक यति हो
हामी ताजा खान्छौ
उनि हरु एक हप्ता पछि को 
त्यसै ले साहिला
कम छैनौ हामी
फ्राइ राइस खाएरै कटायका छौ
कटेज मा जिबन

हामी त्यो माथी को उकालो चड्छौ नि
त्यो शहर हाइकिङ जान्छ
हामी बनभोज खादा 
त्यो सहर पिक्निक खान्छ
हामी काक्रो र मुलाको चाना खान्छौ
शहर सालाद खान्छ
उनि हरु क्यान्डिल लाइट डिनर गर्छ्न
हामी पनि टुकि सल्काएरै खान्छौ हरेक साझ
त्यसैले हामी पनि कम छैनौ साहिला
कयान्डिल लाइट डिनर गरेरै हरेक साझ
कटाएका छौ
कटेज मा जिबन!

भेष फरक नै सहि
हामी रोधी र भजन मन्डली जान्छौ
शहर डिस्को र रेस्टुराँ धाउछ!
शहर सँग २ ४ ओटा गार्डेन छ्न
हामी सँग अनगिन्ती फुल बारी
उनि हरु ड्याङ्रो को सट्टा ड्रम सेट बजाउछ्न
धामी को सट्टा र्याप गाउछ्न
उनि हरु को डान्स बार भन्दा कम्छैन धान नाच
मोडेल भन्दा 
कम छैनन गुरुङ सेनि हरु
सिगरेट भन्दा कम हुन्न
पात्ले को पात मा बेरे को लाम पाते
हामी सँग सिङ्गो सँस्कृति छ साहिला
उनि हरु नाङगा छ्न
हाम्रो त नरोपेरै फुल्छ लालु पाते
नबजाएरै बज्दछ सल्लेरी
नखनेरै जमेको पोखरी छ
माछा भरिएको
उनि हरु को अक्वारिएम भन्दा ठुलो!
भ्यु टावर भन्दा कम छैनन यि पहाड हरु
लाली गुराँस फुलाएर पर्छ गजक्क
उसैत हिमाल देखिदो घर हाम्रो
होटल एभ्रेस्ट भिउ भन्दा कम छैन कुनै माने मा
त्यसैले साहिला कम छौनौ हामी
हरेक साझ लोकल ह्वीस्की पिएरै
कटाएका छौ
कटेज मा जिबनकटेज मा जिबन

त्यहि खर को छानो
शहरलाइ कटेज लाग्छ
गाउ लाइ झुपडी
हामी खान्छौ भुटेका मकै
शहर चपाउछ पप कन
त्यसैले हामी कम छैनौ साइला
पपकन खाएरै कटाएका छौ कटेज मा जिबन

उनिहरु मिनिरल वाटर खान्छन एक बोतल
हामी ढुङ्गे धाराको पानी पिउछौ एक लोटा
उनि हरु ह्वीस्की पिउछन
गन्ध उहि हाम्रो तिन पाने न हो
हामी कुखुरा, खसी र सुङ्गुर खान्छम
उनि हरु चिकेन , मटन र पोर्क खान्छन
हामी ले खाने भुटी भात
उनि हरुलाइ फ्राइ राइस हुन्छ!
फरक यति हो
हामी ताजा खान्छौ
उनि हरु एक हप्ता पछि को 
त्यसै ले साहिला
कम छैनौ हामी
फ्राइ राइस खाएरै कटायका छौ
कटेज मा जिबन

हामी त्यो माथी को उकालो चड्छौ नि
त्यो शहर हाइकिङ जान्छ
हामी बनभोज खादा 
त्यो सहर पिक्निक खान्छ
हामी काक्रो र मुलाको चाना खान्छौ
शहर सालाद खान्छ
उनि हरु क्यान्डिल लाइट डिनर गर्छ्न
हामी पनि टुकि सल्काएरै खान्छौ हरेक साझ
त्यसैले हामी पनि कम छैनौ साहिला
कयान्डिल लाइट डिनर गरेरै हरेक साझ
कटाएका छौ
कटेज मा जिबन!

भेष फरक नै सहि
हामी रोधी र भजन मन्डली जान्छौ
शहर डिस्को र रेस्टुराँ धाउछ!
शहर सँग २ ४ ओटा गार्डेन छ्न
हामी सँग अनगिन्ती फुल बारी
उनि हरु ड्याङ्रो को सट्टा ड्रम सेट बजाउछ्न
धामी को सट्टा र्याप गाउछ्न
उनि हरु को डान्स बार भन्दा कम्छैन धान नाच
मोडेल भन्दा 
कम छैनन गुरुङ सेनि हरु
सिगरेट भन्दा कम हुन्न
पात्ले को पात मा बेरे को लाम पाते
हामी सँग सिङ्गो सँस्कृति छ साहिला
उनि हरु नाङगा छ्न
हाम्रो त नरोपेरै फुल्छ लालु पाते
नबजाएरै बज्दछ सल्लेरी
नखनेरै जमेको पोखरी छ
माछा भरिएको
उनि हरु को अक्वारिएम भन्दा ठुलो!
भ्यु टावर भन्दा कम छैनन यि पहाड हरु
लाली गुराँस फुलाएर पर्छ गजक्क
उसैत हिमाल देखिदो घर हाम्रो
होटल एभ्रेस्ट भिउ भन्दा कम छैन कुनै माने मा
त्यसैले साहिला कम छौनौ हामी
हरेक साझ लोकल ह्वीस्की पिएरै
कटाएका छौ
कटेज मा जिबन

Friday, May 23, 2014

नजर मा तिमि छौ
कहर मा तिमि छौ
यो मनले चुनेको
ठहर मा तिमि छौ

ति नाग बेलि केश
त्यो गुलाबी ओठ
चुमी न अघाउने
रहर मा तिमि छौ

जहा सुखा खन्जर
थियो मन फाटेर
हौसाउदै टाल्न
शहरमा तिमि छौ

म उठ्छु बिहानै
जसै याद उठ्छ
यसै नि मोहनी
लहर मा तिमि छौ

यो मधहोश साझ
यो उन्मादी प्यास
नबिराइ हरेक
प्रहर मा तिमि छौ

म तेहि रमाउछु
जहा तिमि हुन्छौ
नसा बेच्ने भट्टी
जहर मा तिमि छौ

कसैको सपना
बिपना मा तिमि
म पोख्ने गजलजल का
बहर मा तिमि छौ
म मर्न चाहन्छु
ए रात मलाइ तेरो कालो गर्भ भित्र समेट
ए बादल मलाइ तेरो धमील आकृती मा समेट
म मान्छे बाट घ्रीणित बन्नु छ
म अस्तित्व भित्रको ऐजेरु बन्नु छ

उस्ले मलाइ उस्को अस्मिता को खेलाडी ठान्छे
गल्ती सधै मेरै ठान्छेर
सधौ
भावनाको सुल रोप्छे
जहा प्रहार गरिनु हुन्न थ्यो कहिलै
सत्रु ले पनि
तर हैन उ सत्रु हैन
तर उ के हैन?
मैले सजाएको सपना हो उ
मेरो आधा
र हो बाच्नुको
आधार्नौ छिनि सकेपछी पनि
ए काल के सोच्दै छस हँ तँ
ेलैजा तेरो गर्भ भित्र लैजा
बिभत्स या चुपचाप!

सँधै बिरानो भएर बाँचे
जडौरी मनका रहर हरु
टालेँ कति टालें
ए समय तैले आजित बनाइस मलाइ
म सल्ला झै सुसाउने कहा थियँ
म मनसुन झै बद्लिरहने कहा थियँ
तर थियँ एक कठोर सपना
तर थिय एक कोमल भावना
तर आज पनि छु कसैसंग निचोरिएको
कसै भित्र पोखिएको
ए हावा उडा मलाइ पनि उडा
जहा हुरि बनेर उड्चस तँ
तेहा भुवरी पर्न चाहन्छु म

ए रात तेरो बिकराल छाँया भित्र
तेरो कालो अस्तित्व भित्र
मेरो अस्तित्व नामेट पार
किनकी म एक कर्तुत हुँ
एक खराब चरित्र हुँ म

उ रोएकी स्वाङ पारेर रुवाय्छे मलाइ
हो कम्जोरि मेरो तेहि छ
म उसको नयन भरिलो देख्न सक्दिन
त्यसैले ए यमराज तिम्री बहि खाता पल्टएर
सप कर्तुत हरु को एक एक हिसाब गरेर
तड्पाएर लुट मेरो प्राण
म निसब्द हराउन चाहन्छु
म मर्न चाहन्छु
उस्लाइ था थियो म उसको जवानी लुट्न चाहन्छु
तर किन लुटाइ उसले निस्वार्थ
उसलाइ यो पनि थाह थियो म उसलाइ बर्बाद पार्ने चाहन्छु
तर किन बर्बाद पारी आफुलाइ
म कसम खाएर भन्छु
उसलाइ झुट थाह थियो
उसलाइ कपट थाथियो
तर मेरो चोखो उपस्थिती था थिएन
तर मेरो सुकोमल आलिङगन था थिएन
म बेसाहरा देखेर पग्लिएको हु
उस्को सरलता को फाइदा उठाको हैन
ए! ईश्वर तेरो सँरचना भित्र
सजिब रहनु हुन्न चोखो मन
अस्तित्व हिन बन्नु पर्छ निस्चल माया
म तेहि चोखो भएर सजिब किन?
बन्द गरिदे धड्कन मेरो
जहा अझै अल्झिएको घ्रीणा छ उपहारमा पाएको
चुटाइदे स्वास नलि
समग्र मा निर्जिब बनाइदे मलाइ