Thursday, July 25, 2013

म हुँ कर्णाली
ऊर्लदो कर्णाली
प्यासि हरुको काकाकुल जीवन सगैं ऊर्लने
नुन नपाऊने हरुको पसिना सगैं ऊर्लने
भोका हरुको थकान र आसुँ सगैं ऊर्लने
राज्य बाट उपेक्क्षित
प्राथमिक बिध्यालय देखिनै
सबै संग परिचित
हो म तेहि कर्णालि हुं
    म माथि टाँगिएको तुइन बाट
एुउटा गरिब लघार्छ गरिबी , वारिपारि
एकछाक नुन सहित खाएको तरकरि सगैँ
पोहोर दँशै सम्झदै
डोर्याऊछ कपडा जस्तै भ्वाङ परेको जीवन
सपना हरु थेग्नै सक्दैन तुइन्ले
र तुइन सङै  चुट्टियर छरिन्छन
उसका महङ्गा सपनाहरु
उसले तुइन भरि डोर्यायको थियो
दँशै मा श्रीमति को चोली टाल्ने टालो
टालो जस्तै जिन्दगि
छोराछोरी लाइ भर पेट बनाउने एकछाक
हो, मैले बगाइदिय उसका मिर्गत्रिस्णा
हो मैले बगाए गरिब
गरिब सङै गरिबि
गरिबि सङै उसका अप्राप्य सपना हरु
म गरिबि बगाउदै उर्लिरहेको कर्णालि

मथि लेक मा घरझै देखिने घर छ
घर छेउमै मेरो बगर् छ
घर बर्खा भरि चुहुन्छ र भिज्छ एुउटा सपना
छानो टाल्ने स्यौलाको खोजिमा रुमल्लिदा रुमल्लिदै
मैले थेग्न सक्दिन र बेग
समाहित गरेर बगाउछु म सङै
एुउटा छानो चुहुने परिवार
हो म तेहि कर्णालि
जहा छानो चुहिने हरु बग्छन
र उर्लन्छन् म सङै
तर  महल हरु बेखबर हुन्छन्
र अखबार हरु छाप्छन
नुन लिन गयका ७ जना
बगे कर्नालिमा
छापिदैनन उनिहरुका ७००० सपना हरु बगेका
लेखिदैनन उनिहरुका ७लाख दुख हरु बगेका
हो तिनै दुख हरु सङै सुसाउने
कर्णालि हु म