Friday, May 23, 2014

म मर्न चाहन्छु
ए रात मलाइ तेरो कालो गर्भ भित्र समेट
ए बादल मलाइ तेरो धमील आकृती मा समेट
म मान्छे बाट घ्रीणित बन्नु छ
म अस्तित्व भित्रको ऐजेरु बन्नु छ

उस्ले मलाइ उस्को अस्मिता को खेलाडी ठान्छे
गल्ती सधै मेरै ठान्छेर
सधौ
भावनाको सुल रोप्छे
जहा प्रहार गरिनु हुन्न थ्यो कहिलै
सत्रु ले पनि
तर हैन उ सत्रु हैन
तर उ के हैन?
मैले सजाएको सपना हो उ
मेरो आधा
र हो बाच्नुको
आधार्नौ छिनि सकेपछी पनि
ए काल के सोच्दै छस हँ तँ
ेलैजा तेरो गर्भ भित्र लैजा
बिभत्स या चुपचाप!

सँधै बिरानो भएर बाँचे
जडौरी मनका रहर हरु
टालेँ कति टालें
ए समय तैले आजित बनाइस मलाइ
म सल्ला झै सुसाउने कहा थियँ
म मनसुन झै बद्लिरहने कहा थियँ
तर थियँ एक कठोर सपना
तर थिय एक कोमल भावना
तर आज पनि छु कसैसंग निचोरिएको
कसै भित्र पोखिएको
ए हावा उडा मलाइ पनि उडा
जहा हुरि बनेर उड्चस तँ
तेहा भुवरी पर्न चाहन्छु म

ए रात तेरो बिकराल छाँया भित्र
तेरो कालो अस्तित्व भित्र
मेरो अस्तित्व नामेट पार
किनकी म एक कर्तुत हुँ
एक खराब चरित्र हुँ म

उ रोएकी स्वाङ पारेर रुवाय्छे मलाइ
हो कम्जोरि मेरो तेहि छ
म उसको नयन भरिलो देख्न सक्दिन
त्यसैले ए यमराज तिम्री बहि खाता पल्टएर
सप कर्तुत हरु को एक एक हिसाब गरेर
तड्पाएर लुट मेरो प्राण
म निसब्द हराउन चाहन्छु
म मर्न चाहन्छु
उस्लाइ था थियो म उसको जवानी लुट्न चाहन्छु
तर किन लुटाइ उसले निस्वार्थ
उसलाइ यो पनि थाह थियो म उसलाइ बर्बाद पार्ने चाहन्छु
तर किन बर्बाद पारी आफुलाइ
म कसम खाएर भन्छु
उसलाइ झुट थाह थियो
उसलाइ कपट थाथियो
तर मेरो चोखो उपस्थिती था थिएन
तर मेरो सुकोमल आलिङगन था थिएन
म बेसाहरा देखेर पग्लिएको हु
उस्को सरलता को फाइदा उठाको हैन
ए! ईश्वर तेरो सँरचना भित्र
सजिब रहनु हुन्न चोखो मन
अस्तित्व हिन बन्नु पर्छ निस्चल माया
म तेहि चोखो भएर सजिब किन?
बन्द गरिदे धड्कन मेरो
जहा अझै अल्झिएको घ्रीणा छ उपहारमा पाएको
चुटाइदे स्वास नलि
समग्र मा निर्जिब बनाइदे मलाइ


No comments:

Post a Comment