Tuesday, August 5, 2014

ओइ डल्ली

तिमि ले चुट्टाइदिएको खुशी
तिमि ले खोसिदिएको सपना
तिमिले हराइदिए को परिभाषा
सप एक साथ लाई भुलेर
ओइ डल्ली आउ नाचौ मारुनी
साला मिर्गतृस्ना त हो जिबन
तिमि एकै छिन आखा चिम्लिन्छौ
म एकै छिन स्वास रोख्छु
तर तिमिले आखा खोल्दा
आखा चिम्लिदा को संसार गुम्छ
मैले साश फेर्न थाल्दा
साश नफेर्दाको हावा ले अरु लाइ चुमी सक्छ!
तेसैले हामी समय संङगै बगौन
घडी जस्तै एकिकृत बनौन
जसरी घडिका सुइ बाह्र बजे भेट्ने
बाचाका साथ छुट्छन र भेट्छन
हामी तेसरी नै बाचा बाधुम न
ओइ डल्ली तिम्रा भित्री अभिलाषा लाइ
पोल्टो भरी राखेर आउ रमाउन हामी
सरम को पर्दा ओडेर एक्छिन
खेलम्न मायाको लुकामारी
ओई नक्कली
तिम्रा सपना का परेली हरु चुम्दै
तिम्रा निरुतरका ओठ हरु को स्पर्श लिदै
यो प्रण हो मेरो
मलाइ हिजोको नसम्झ
म आजको भैसके
म परिवर्तन भैसके
अब म तिम्रा धोका हरु लाई छोड्दै
नया साल जस्तै नया जोसका साथ
खोज्ने छु अर्कै रङ्ग जिन्दगिको
टाल्नेछु अर्कै भित्ता जिन्दगिको

No comments:

Post a Comment