Friday, September 13, 2013

कती पो भिजथ्यो र एक पटकको  बर्खे भेल ले
फेरी सुक्खा बनिसक्यो बगर बल्खुको
धुलो ले फुङग सडक्
अल्छी मानी मानी गुडेका ह्जुर बा सवारी साधनहरु
यात्रु हरुको बेबारिस यात्रा
यात्रा गरिरह्ने म
बेरोजगार बढाइ रहेको कृतिपुर
सुदुर भबिस्य बोकेर्
होमिरह्ने बिचारआ हरु
सबका पाइला गन्दा गन्दै
बल्खु लाई रुघा लागयो
निमोनिय भयो

कती गड्गडाएको थियो बाग्मति
बगर तृप्त भएको थियो एक छिन लाई
कती हेर्नु बगरले मात्र
बैस उन्मुक्त जोडी का
आलिङगन हरु
कस्ले बुझेको थियो प्यास बगरको
बरु उठाइन्थ्यो फाइदा सुक्खा हुनु को
बगर झन प्यासी बनेको हुदो हो
यसपालि
नगर झन प्यासी बनेको हुदो हो यसपालि