Sunday, August 24, 2014

कथा

                   यमराज को खल्ति

ज्वरो बढ्यो | शरीर गल्यो | जिजीविषा लमतन्न भएको छ, म संगै | चाहना जीउका तिहु छन् जहाको तहि | लक्ष झन् पर पर सर्दै छ | सकस ले सास फेर्नु सिबाय म जीवित भएका प्रमाण केहि पनि छैनन| अलि अलि धड्किएको मुटु र शहि गलत खुट्याउन सक्ने दिमाग बाहेक अरुले बिल्कुल काम गरेका छैनन| लाग्छ म मर्दैछु  तर बाच्ने अभिलाषा रितिएको छैन | लाग्दैन, हिजो जस्तै सग्लै हिड्ने छु | साथि संग झोक्किएरै बोल्ने छु | ऊ संग उसरी नै जिस्किने छु|
                                       
आयु कसलाई पो थाह हुन्छ र ? म मरे भने सबैले भन्ने छन – ‘बिचरा अल्पायु मै मर्यो ‘| तर मैले पनि भोगेको सिंगो जिबन हो | हिडे को सिंगो यात्रा नै हो | बाटो कुनै लामो र कुनै छोटो त भैहाल्छ्नी | त्यसैले म अल्पायु मा चै मर्दिन| काल आयो भने सबै जाने एकै ठाउ त हो | यस्तै सोचेर चित बुझाउछु| गर्नु पर्ने धेरै काम हरु छन्| भोग्नु पर्ने धेरै सपना हरु छन्| फेरी म संग भएका सपना मेरा मात्रै पनि त हैनन| बुबा आमाका बुढेसकालका सपना पनि  त छन् म संगै | ति सपना हरु मसंग मर्न मान्दैनन |नत्र, आफ्ना त कुन गतिला सपना थिएर ?
हिजो बेलुकीसम्म ज्यूकोत्यीउ थिए |आज बिहानबाट पेटमा बुल्डोजेर कुद्दैछ | घरि वारी आएर घ्यार्र पार्छ र रोक्छ ,घरि अर्को तिर सर्छ | अब भएन भनेर औला कोचेर, बेलुका को अन्न अप्राकृतिक रुपमा toilet pan मा पर्ने गरि थुपरिदिए | अहो ! आन्द्रा भुँडी सबै निस्किएझै लाग्यो | लाग्यो म यहाँ बाट बाहिर निस्कन सक्ने छैन | भनन रिंगटा लाग्यो | थपक्क बसुझैँ लाग्यो | क्वा क्वा रोउ झैँ लाग्यो | लाग्यो आमा पुकारु , तर बल्ल तल्ल सम्हाले आफु लाइ | खाना खान मन नै छैन | खालि उल्टी होला होला मात्रै हुन्छ| अरु कै शरीर लाघार्दै लाघार्दै हिडे झैँ भाछ | जिबन मा बुझ्न बाकि धेरै कुरा हरु छन् | छन् धेरै आकंग्क्षा हरु | कतिपय कुरा आफ्नो मृत्यु अगाडी थाह हुन्न रैछ| मृत्यु पछी पनि कसरि थाह होला र?
जस्तो कि मेरो महत्व कसलाई कति छ? म कहिले मर्ने छु ? म मर्दा कसलाई कति पिडा र आनन्द मिल्छ ? यस्ता प्रस्न हरु को उतर जिउदो मा बिल्कुल पाइदैन | मरे पछी थाह हुन्छ कि हुन्न के था ? हामि कोहि सँग पनि मर्दा को अनुभुति छैन | नत्र आत्मा कथामा सब भन्दा घत लाग्दो पक्षनै यहि लाग्दो हो |फलानी फलानो ले यसो गरे , ढिस्कानि ढिस्कानो ले उसो गरे , इत्यादि |
आखिर समय आएसी कोहि रोकिन्न | बाचुन्जेल जे भोगे पनि, मृतु पछी यो लोक मा कोहि अटिन्न | रुने लाइ रुवाएर हास्ने लाइ हसाएर मृत्यु उत्सब मनाउनु सबै को नियति हो |यो नियति बाट म मात्रै बाच्न सक्ने भला म को हुँ र ? यसो मन मा कुरा खेलाउदै ढल्किएको छु | ढल्किएको नि के भनु शरिर हलचल गर्दैन , आधाउधी मरेको छु |सोच्छु म अस्थाई मात्रै मर्न पाय नि हुने नि |मृत्यु पछी पनि मेरो दिमाग को मेमोरी बिभाग मा हरेक कुराको हेक्का हुनु | कसलाई कति सोक पर्थ्यो, कसले के भन्थ्यो, एकाएक टिपोट गर्नुनी दिमाग ले | त्यसपछि म मृत्यु पछिको कल्पना गर्न थाल्छु | भर्खरै आखाको नानि लोप भयो|स्वास गाठो परेर घाटी मै अड्किएको छ |स्वर डल्लो परेर स्वर नलीमै बेरिएको छ |कसो कसो मेरो सोक को खबर फैलिदै छ | तर साथि हरु लाइ पत्यार लाग्दैन | लागोस पनि कसरि हिजो सम्म त मा तन्दुरुस्त नै थिए |
" ओए बाउन , पर्से मर्यो रे | चाडो  काट्टो खाना आउ|"
" साची हो र ? हिजो इबोला लाग्या छ भन्थ्यो| मरो होला | काट्टो खाना कहा आउने ? त्यहि आर्यघाटमा|त्यो छेत्रि भय पो काट्टो खानु, त्यो त मंगोल हो | मंगोल को काट्टो त छेत्री ले खाए नि हुन्न र ? तिमिनै खाउ न |"
मुर्दार हरु मरी सक्दा पनि पत्यौदैनन | हुन त बाच्दा पनि के चै पत्याका थिए र ?
त्यसपछि घरमा खबर पुग्छ |आमा मुर्छा परिन | मेरो फोटो हल्का न्यास्रो लाग्दा त रोइहालने भाइ कान्छो, उसको होसहवास छैन |माइलो भाइ घुक्क घुक्क गर्दै सम्झाउने पर्येत्न मा छ | बुबा हात मा टोपी लिएर खुइए खुइए गर्दै थिय|बिचरा सर्ट को कठाला भरि मैलो थियो |पछाडी रातो टालो टालेको पाइन्ट भन्दै थिय " यस्तै लेखेको रैछ"| मन अमिलो हुन्छ| लाग्छ फर्किहालु पुरानो शरीर मा | धेरै के रूहाउनु | आखिर  म स्थाई मरेको पनि त हैन |
हजुरआमा अगेनु निर दात झिकेर सफा गर्दै थिइन|सोक खबर बुढीका कान सम्म पुग्यो | दुवै कान बन्द गरेर भन्न थालिन " मैले के भोग्नु पर्यो इश्वर यस्तो |म बुढी लाइ लानु को सट्टा किन लागिस मेरो मुटु को टुक्रो |" मलाई पनि कम भक्कानु छुटेको हैन | हजुर आमाको आशु पुछौ लाग्यो |भनु लाग्यो आमा मा धेरै बेर लाइ मरेको हैन | तर स्वास पुगेन | बोलि आएन |टुलु टुलु हेरें र विवसता, सोचे व्यर्थै मरेछु |तर मृत्यु मेरो रहर हुदै हैन | काका काकी को अनुहार मलिन भए पनि भित्रि कुरामा ध्यान दीन| मामली तिर हजुरबा लाइ जति सोक अरु लाइ रैनछ|हजुर आमा पहिले नै परमधाम भएर गए पछी हजुरबुबा को आखा मा पहिलो पल्ट आसु देखे |सेतो चादन को ठाडो टिका , आखा मा ठुलो गान्धी चस्मा |गाढा खैरो रंगको दौरा सुरुवाल |दौरा माथि मैलो , गोजी उद्रिएको स्त्रकोट| दौराको बाहुली भरि मएलको छाप , हजुरबाको हुलिया थियो | धिक्कारे , सोचे  हजुरबा बिरामी हुदा उपचार गर्नु पर्छ रोग पालेर हुन्न भन्ने मान्छे म, अस्पताल नै नगई चिप्लिए |छि: देखाउन नि लाज लाग्यो अनुहार |साच्ची  आफन्त हरु को मोह देखदा , अब धेरै मर्न मन नै थियन | तर कसका चाही आफन्त होलान र चाडो मरोस भन्ने |कसैले चाडो मरोस भन्छ भने त्यो आफन्त र सत्रु मा के फरक छ ? अनि सबैले माया गर्छन भन्दै मा मार्दै नमर्ने भन्ने पनि त हुन्ननि |
अहो! मैले त मृत्युलाइ कति हल्का रुपमा पो लिन पुगेछु |डर लाग्छ कतै अस्थाई भनेर स्थाई रुपमै मरेको रैछु भने | सपना हरु खडेरी मा सुकेको बालि झैँ खङरंग  भए |बिहे गर्ने , एक दुइ सन्तान को पिता बन्ने , सपना जहाको तही रह्यो |साथिभाइ संगको पानी जहाज यात्रा सम्झीए|घुम्फीर को क्रममा क्यालीफोर्निया मा सरोज को भंगेरे डान्स सम्झीए | सम्झीए भेनेजुवेला मा काजि नाच्दैछ , म गाउदैछु 'सोल्टी मोडैमा'गित | अब नाच्ने पालो युवेको आयो , उ भन्दै छ म कोपन्हेगन मा मात्र नाच्ने हो |हो, लामो क्रुज यात्रा जाने हाम्रो सोंख, त्यो सोंखमै सिमित हुन्छ| एक चोटी मन पोल्यो , आखा भए पिर्लिक्क  आशु पनि खस्दो हो |तर आखा कोशौ टाडा छुटिसकेका छन् | ति दृश्यहिन भैसकेका छन|
घर बाट निस्किएर हुर्रिदै थिए |मूल बाटो बाटै देखे काकी फोन गार्दै छिन ,मेरी भुतपुर्ब मायालु उसकी बहिनीलाई |हैन मान्छे लाइ दुखको खबर सुनाउन कति धेरै हतारो हुन्छ |नत्र मा एम एस्सी पास गरेको खबर सम्म पाएकी थिन होला , त्यसले | सिधै मरेको खबर पाउदा कस्ती भई होला त्यो | मलाई त सुनाउने मन नै थिएन | तर सोचें कम खुसि  भईन होला त्यो | सोची होला माया को नाममा गरेका कर्तुत हरु ,अब कसै बाट खुल्ने छैनन् जिबन भर| त्यो  भन्दा आनन्द अब उसलाई के हदो हो र? तर फोन मा भने मलिन स्वोर मा जबाफ दिदै थि ,ला! हो र ?के भएर ? लाग्यो फोन खोसेर भनु " त लाइ के मतलब | तेरो लागि त पहिले नै मरिसकेको थिए नि | "काकी म तर्फ फर्कने लग्या थिन ,म मरेको मान्छे के मुख देखाउनु भनेर टाप कसिहालें|तर कसले पो देख्थ्यो र ? हिड्ने ज्यान हो र ? मरे पछी हिड्ने त चेत मात्र हो |त्यहि फुत्किएको एकमुठी सास मात्र त हो |साहिला अंकल को घरमा पनि पसुम कि भाथ्यो तर बुडा अलिक रिसाएका छन् , भो जान्न | निर्णय गरे र फेरी काठमाडौँ नै फर्किएँ |
फर्कदा बुबा संगै नाइट मा आउमकी लाग्या थ्यो ,तर म यात्रा भरि संगै हिड्न सक्दिन अब| किनकी अस्थाई नै भए पनि मरिसकेको छु |म त जहा सोच्यो त्यहा पुग्ने मन मात्रै बाकि छु |शरीर हैन |
काठमाडौँ  आइ पुगें |एउटी रुन रुन लागेकी छे | अलि अलि माया त गर्दिरैछे लाग्यो |अलिकति त्रास पनि पस्यो होला मनमा |कुन रोगले मरेछ , कतै मलाइ पो सर्यो कि , प्रस्न गर्दी हो | चित बुझेनर बाथरुम छिरी | पखाली मेरा स्पर्स का सम्भावित ठाउ हरु |उसको तरिका देख्दा हास्न मन लाग्य थ्यो, तर सम्हाले |धत् ! आफ्नो मृत्यु मा पनि हास्छ कोहि ?जादा जादै उसलाई सम्झाउ लाथ्यो , एउटा कसिलो अंगालोमा चुमौ लाथ्यो , लाथ्यो कसम खुवाउ | तर के कसम ? केलाई चिन्ता ?अब केहि पनि गर्नु छैन |
बरु मरे पछी यमराजले लान्छन भन्ने दन्ते कथा मात्रै रैछ झैँ लायो |नत्र सग्लो हुदा १५ दिन लाग्ने यात्रा चाहरी सक्दा पनि खोई यमराज |बरु  पुकुली को मा पो जानु पर्यो सोचें | सोचें कस्ती भइ होला |हल्का थाइकट कपाल , रातो माथि को कपडा तल को के थियो हेरिन |सिर्फ डिम्पल पर्ने अनुहार देखि छाती सम्म हेरे| सुन्दरता मा कति पनि कमि छैन |छैन बिधुवा जस्ती | तब पो लाग्यो , बिहे गरेको भए मेरी श्रीमती को हाल यस्तै हुन्थ्यो र ? तर यसलाई त के को मतलव, म यसको को हुँ र ?
अनि पो पछाडी बाट पकड्यो भुष तिघ्रे ले |अनुहार हेर्दा लाखे झैँ लाग्थ्यो , लामा लामा दार्हा निस्किएको ,डर लाग्यो |ह्या , भनेर हात फड्कारु भनेको हात भए पो |उसले एउटा फोहोरी रुमाल मा पोको पार्यो मेरो चेत लाइ , मेरो स्वास लाइ ,याने कि मलाइ |उ सँग खल्तिहरु मात्रै थिए |अनुमान गरे सर्ट मा कम्तिमा ४ ओटा, पाइन्ट मा अगाडी २ ओटा र पछाडी २ ओटा गरि कम्तिमा ४ ओटा |मलाई पाइन्टको दाहिने पट्टि , अगाडी पट्टि को खल्तीमा हाल्यो |उफ, के बिधि गनाएको यसको जाँघ| यमराज कहिले नुहौदैन रैछ| सोचें यो गर्मि सिजन मा त सत्रु पनि नमरोस |साएद नर्क भनेको यहि होला | जिबन भरिको कर्तुतको फल पाए झैँ भयो |लाग्यो सर्ट को गोजीमा धर्मि हरु  पर्छन , पाइन्टको मा अधर्मी |म अधर्मी गनीए| गल्ति के थियो सोच्न मन भएन |यमराज आफ्नो ताल मा हिड्यो लमक लमक | गन्ध ले भोमिट होलाझैँ  भा थ्यो |उसले ठाउ ठाउ मा छुस्स पार्थ्यो ,मैले थाह पाए उसले भर्खरै बफ म; म खाय को थियो|------------
उता मलाई जलाउने तयारि हुदै होला |अस्थाइनै  मरे को भए पनि चाडो चाडो जलाए भने त कसरि बांचिंछ र ? छटपटी भैरहेको थियो | संयोग बस यमराजको गोजीमा प्वाल रैछ| हत पत हामफालें ,खस्दै गर्दा रुमाल बाट स्वास खुस्कियो |धन्न आ मुख बायरै मरेको रैछु , नत्र कहाँ बाट पस्नु स्वास| फेरी पसे पुरानै सरिर मा , जर्याक जुरुक्क उठेंर यसो हेरेको, आसपासमा कोहि थिएन |


No comments:

Post a Comment