Thursday, May 8, 2014

बैजनी फुल

जुन दिन बादलले ढाकेको थियो
पहाडको एक कुनामा
मलाइ याद छ आज पनि
पुरै बैजनी दिन
तिमि त थियौ बैजनि

जब मुस्काउदै, पुलकित बन्दै
हल्का आँखा चिम्लेर तिमि मलाइ हेर्थ्यौ
संसार बैजनी लाग्थ्यो र तिमि बैजनी फुल लाग्थ्यौ
मैले कैलै नदेखेको फुल
बिल्कुल अजिब लाग्थ्यौ तिमि
बिलकुल फरक लाग्थ्यो बैजनी फुल
म गम्थे, मैले बाल्यकाल मा उखेलेको सेतो बुकि फुल
त्यो पनि त फुल थियो
हामिले केटाकेटी मा नाक मा लगाउने पंहेलो बुलाकी फुल त्यो पनि त फुल थियो
आरुफुल, सयपत्री,लालिगुराँस
फुल हरुका रङ्ग थिय आफ्नै
सुगन्ध थिय आफ्नै
तर बैजनी मिश्रित रङ्ग हो त्यो
रातो सेतो र त्यस्तै अरु रङग हरुको समिस्रण हो त्यो
हो त्यही रङ्ग हरुको समिस्रण तिमि
बैजनी फुल थियौ
र थियो बैजनी सुगन्ध तिमि मा

आज राजधानी मा पारिजात को सकम्बरी फुलेकी छे
हाँगा हाँगा मा
हो उन्माद थाम्दिन, चुम्बन थाम्दिन त्यो
खस्छे र पनि धर्ति मा बैजनी रङ्ग छर्छे
म टोलाएर सम्झन्छु
तिमि सिरिश हौ कान्छी!
बैजनी रङ्ग हौ तिमि
तर सकम्बरी हैनौ
हैनौ थाम्नै नसक्ने बेग हरु
तिमि हुरि आँधी सहन सक्छौ
तिमि ज्वालामुखी कुल्चन सक्छौ

आजकाल रङ्गहर मा मन पर्ने रङ्ग लाग्छौ तिमि
जब म समिप हुन्छु सिरिश को

ढकमक्क फुलेका डाली हरु
निलो आकास को पृष्ठभुमि मा
धमिल तर सेतो बाँदल को च्यादर बाहिर
बुट्टेदार स-साना बैँशदार सकम्बरी हरु
उफ ! हैन हैन बैजनी फुल हरु
मलाइ गुज्याउछन र फक्रन्छन
म टोलाएरै हेर्छु र प्रश्न गर्छु
छेवैको सिटमा बसेको साथी लाइ
उ तुलना गर्छ
लडाइँ मा श्रीमान गुमाएका नारिको
झुन्ड सङ्ग सिरिश लाइ
तर मलाइ सिर्फ तिमि लाग्छौ सिरिश
र तिमि मेरो जिवन को बैजनी रङ्ग लाग्छौ
जहाँ सुख दुखको समिस्रण छ
मिलन बिछोडको सँयोग छ
हो तिमि बैजनी रङ्ग हौ
र म जिवन हुँ एउटा
जहाँ रङ्ग छ फगत बैजनी मात्र
जहाँ सपना छ फगत बैजनी मात्र

तिमिले झर्नु हुन्न
यस्तै बैजनी फुल्नु पर्छ डाली डाली
तिम्रा लक्ष हरु छन र फुल्नेछन एकदिन
तिम्रा पाइला हरु छन र पुग्नेछन एकदिन त्यहाँ
जहाँ कलम समाएर बसेकी
अर्को पुस्ताकी पारिजात हुनेछिन
र लेख्ने छिन सिरिशको फुल
जहाँ सकम्बरी हैन तिमि हुने छौ
नओइलिने बैजनी सकम्बरी
यानेकी तिमि कान्छी

1 comment: